Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका होटल-रेष्टुराँमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका होटल-रेष्टुराँमा छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको सिमित सेवा प्रयोगवापत छुट उपलब्ध हुने भएको छ ।

बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्रुपले बैंकका ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले सोमबार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात् सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL