Logo

बैंक अफ काठमाण्डूको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

बैंक अफ काठमाण्डूको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको बालकोटमा रहेको सजंयसाई विद्या मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त विद्यालयलाई पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

सो रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विनोध थापालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन । २०६८ साल देखि संचालनमा रहेको सो विद्यालयले आफ्ना सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्