Logo

ग्लोबल आईएमईको नयाँ शाखा कमल विनायकमा, शाखा संख्या २७० पुग्यो

ग्लोबल आईएमईको नयाँ शाखा कमल विनायकमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २ सय ७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २ सय ५६ एटिएम तथा २ सय ४८ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL