Logo

प्रभु बैंकको २ दिने वित्तीय साक्षरता कार्यक्रम भारतको मुम्बईमा, बैंकिङ प्रणाली उपयोग गर्न सुझाव

प्रभु बैंकको २ दिने वित्तीय साक्षरता कार्यक्रम भारतको मुम्बईमा, बैंकिङ प्रणाली उपयोग गर्न सुझाव



काठमाडौं । प्रभु बैंकले भारतको मुम्बई शहरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युके एड–डीएफआईडी अन्तरगत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाईजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा २ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थितिमा उक्त २ दिने वित्तीय साक्षरता एवं अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आफुले कमाएको रकम औपचारिक एवं बैंकिङ प्रणालीमार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउनेलगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट जानकारी गराईएको थियो ।

उक्त वित्तीय साक्षरता एवं अन्तरक्रियात्मक कार्यक्रमबाट प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ प्रणालीमार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज हुने बैंकले विश्वसा लिएको छ । बैंकले यही माघ १८ र १९ गते मुम्बईमा रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी कार्यक्रम गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्