Logo

६ महिनामा प्राइम बैंकले कमायो १ अर्ब ३० करोड, खराब कर्जा उठौतीमा सुधार

६ महिनामा प्राइम बैंकले कमायो १ अर्ब ३० करोड, खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा गत बर्षको सोही अबधिको तुलनमा करिव २० प्रतिशतले बढी हो । गत वर्षको सोही अबधिमा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले गत पुस मसान्तसम्ममा ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ निक्षेप र ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ ।

सो अबधिमा बैंकले आफ्नो खराब कर्जा पनि घटाएको छ । हाल बैंकले खराब कर्जा कुल कर्जा प्रवाहको १.४५ प्रतिशतमा झारेको छ । यसैगरी बैंकको कष्ट अफ फण्ड ८.२९ बाट घटेर ७.६५ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL