Logo

गर्भनर भन्छन् कृषिको विकास विना आर्थिक क्रान्ती असम्भव, देशमा उद्यमीको आवश्यकता

गर्भनर भन्छन् कृषिको विकास विना आर्थिक क्रान्ती असम्भव, देशमा उद्यमीको आवश्यकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ असार, भैरहवा । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिबी नेपालले मुलुकमा हजारौ उद्यमी अवश्यक रहेको बताएका छन् ।

आर्थिक विकासले विस्तारै गति लिन थालेकाले उद्यमी आवश्यक भएको उनले जानकारी दिए । शनिवार रुपन्देहीको मंगलापुरमा आयोजित सल्यान, गुल्मी र अर्धाखा“ची जिल्लामा स्थापना गरिएका ६ वटा साना किसान कृषि सहकारी संस्थाको संयुक्त हस्तान्तरण कार्यक्रममा गभर्नर डा. नेपालले यस्तो बताएका हुन । साथै ती उद्यमी कृषि सहकारी संस्थाले उत्पादन गर्न सक्ने उनको भनाइ थियो ।

नेपालले कृषि सहकारी उद्यमशिलताको आधार भएको नेपाल राष्ट्र बैैकका गभर्नर बताएका छन । सो अवसरमा गभर्नर नेपालले साना किसान कार्यक्रम(परियोजना) अन्र्तगतका केही आयोजनाको प्रत्यक्ष अवलोकन गरेका थिए । करीब ६६ प्रतिशत जनता प्रत्यक्ष रुपमा कृषिमा आवद्ध रहेको अवस्थामा आर्थिक विकासका लागि कृषिमा क्रान्ति गर्नुपर्ने उनको धारणा छ ।

उनले भने,‘कृषि क्षेत्रको विकास नभइ समग्र आर्थिक विकास सम्भव छैन ।’ पछिल्ला वर्षहरुमा सक्षम जनशक्ति रोजगारीका लागि विदेशीने क्रम बढेकाले कृषिमा सक्षम जनशक्ति कम भएको पनि उनले बताए । ‘अब साना किसान सहकारीले विदेश जान चाहने युवालाई रोक्न र विदेश गएकालाई स्वदेशमा फर्केर उद्यम गर्न सक्ने वातावरण बनाउन लाग्नुपर्छ,’ नेपालले भने ।

सो अवसरमा पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय कृषि निर्देशक लेखनाथ आचार्यले व्यवसायीक रुपमा कृषि गर्न किसानलाई आग्रह गरेका थिए । अहिले सरकारले कृषिलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न किसिमको सहुलियत तथा सहयोग गरिरहेकाले त्यसको फाइदा लिन पनि किसानलाई आग्रह गरे ।

त्यस्तै, साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जनलकुमार शर्माले किसानको आय वृद्धि र आर्थिक विकासमा सहकारी संस्थाको भुमिका महत्वपूर्ण रहेको बताए । अहिले आर्थिक उपार्जनमा साना किसानले ठूलो योगदान पु¥याए पनि अधिकांश राष्ट्रिय नीति तथा कार्यक्रम उनीहरुको पक्षमा नभएको साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले गुनासो गरे ।

सोही कारण आउदो मौद्रिक नीति साना किसानको हितमा बनाउन पनि उनले गभर्नर समक्ष आग्रह गरे । साथै साना किसान सहकारी संस्थाले किसानलाई, कर्जा, सिपका साथै चेतना प्रवाह गरेको उनले बताए । साना किसान सहकारी संस्थामा राउटे, चेपाङ, वनकरिया, मुसहरलगायत सिमान्त र विपन्न वर्गका समुदाय आवद्ध भएको जानकारी दिए ।
सो अवसरमा सल्यान, गुल्मी र अर्धाखा“ची जिल्लामा स्थापना गरिएका ६ वटा साना किसान कृषि सहकारी संस्था स्थानिय समुदायलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL