Logo

सेञ्चुरी बैंक र होटल निर्वाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशत छुट

सेञ्चुरी बैंक र होटल निर्वाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका भैरहवा, रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता भएको छ ।

विहीबार विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि बैंक र होटलबीच सम्झौता भएको हो । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ पुल लगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरी ईन्टरनेशनलका महाप्रवन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्