Logo

प्रदेश २ का ५ जिल्लामा प्रभु बैंकको नयाँ योजना, वैदेशिक रोजगारी कर्जा सञ्चालन

प्रदेश २ का ५ जिल्लामा प्रभु बैंकको नयाँ योजना, वैदेशिक रोजगारी कर्जा सञ्चालन



काठमाडौं । प्रभु बैंकले प्रदेश नम्बर २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । बैंकले उक्त प्रदेशका ५ जिल्लाका वैदेशिक रोजगारीमा गएका युवालाई लक्षित गरी वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगतको नयाँ योजना ल्याएको हो ।

उक्त नयाँ योजना अनुसार प्रदेश २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन ।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने ब्यक्ती एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्