Logo

बैंक अफ काठमाण्डु र अरुण भ्यालीबीच सम्झौता, काबेली बी वानमा दुई बैंकको लगानी

बैंक अफ काठमाण्डु र अरुण भ्यालीबीच सम्झौता, काबेली बी वानमा दुई बैंकको लगानी



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने छ ।

९ दशमलब ४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युतले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डुको अगुवाइमा उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक रहेको छ ।

अरुण भ्यालीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा समेत बैंक अफ काठमाण्डु नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो ।

सहवित्तीयकरण कर्जा पश्चात् काबेली बी जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र निर्धारित समयभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न हुने बैंकको विश्वास रहेको छ । बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गदैृ आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्