Logo

प्रभु बैंकले ल्यायो प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित ‘वैदेशिक रोजगार ऋण’ योजना

प्रभु बैंकले ल्यायो प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित ‘वैदेशिक रोजगार ऋण’ योजना



काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि सहयोग पुर्याउने हेतुले प्रभु बैंकले ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लालाई केन्द्रित गरी यो योजना ल्याएको हो । सर्वसाधारणलाई बैंकिङ सेवा पुर्याउन पनि यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

यो योजनाको बैंकका प्रमुख व्यापार अधिकृत मणिराम पोखरेल र सीपका टिम प्रमुख बलजित बोहोराले सार्वजनिक गरेका हुन् । यसले उनीहरूलाई बैंकिङ सेवा पुर्याउने मात्र नभएर विदेशबाट बैंकमा पैसा पठाउन समेत सहयोग पुर्याउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL