Logo

एनआईसी एशिया बैंक र सामसुङ मोबाईलबीच सम्झौता, मोबाईल खरिदमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र सामसुङ मोबाईलबीच सम्झौता, मोबाईल खरिदमा १५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ग्राहकले सामसुङ ग्यालेक्सी एस १०/एस १० प्लसको खरिदमा ३ हजार रुपैयाँसम्म छुट पाउनेछन ।

बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवा बैंकको आफ्नै पोस र क्युआर प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १०/एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १०/१० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिनेछ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले सो सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त योजना माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्ममात्र लागू हुने बैंकले जानकारी दिएको छ । बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवाग्राहीहरुले बैंकको कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढि मर्चेन्टहरुबाट ५० प्रतिशतसम्मको छुट प्रप्त गर्न सक्नेछन ।

उक्त छुट देशभर रहेको विभिन्न २०५ अस्पतालहरु, ६ सय होटल रिर्सोट तथा रेस्टुराँ, ९ सय रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट प्राप्त गर्न सक्नेछन । बैंकले ३१३ शाखा, ४०५ एटिएम, ९६ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL