Logo

नेपाल बैंकले कमायो १ अर्ब ३५ करोड नाफा, स्प्रेडदर र ब्याज खर्चले घटायो नाफा

नेपाल बैंकले कमायो १ अर्ब ३५ करोड नाफा, स्प्रेडदर र ब्याज खर्चले घटायो नाफा



काठमाडौँ । नेपाल बैंकले आर्थिक २०७६÷७७ को पहिलो ६ महिनामा १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ ।

बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा उक्त मुनाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा ६८ करोड ३७ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।

जबकि बैंकले आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिमा १ अर्ब ६६ करोड १४ लाख खुद नाफा आर्जन गरेको थियो । पछिल्लो समय बैंकको घट्दो स्प्रेडदर र निक्षेपकर्ता दिने उच्च व्याजदरका कारण बैंकले मुनाफामा केही गिरावट आएको जानकारी दिएको छ ।

गत बर्षसम्म साधारण निक्षेपमा २.२५ प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढेर ६ प्रतिशतको हाराहारीमा पुगेको छ । साथै राष्ट्र बैंकको नियम अनुसार बैंकले स्प्रेडदर भने घटाएको छ ।

कुल ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकको खराब कर्जा भने केही घटेको छ । गत आर्थिक बर्षको तुलनामा बैंकको खराब कर्जाको २.७४ प्रतिशतबाट घटेर २.६६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्