Logo

सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा, साढे ७ बर्षमा सावाँ ब्याज सहित दोब्बर

सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा, साढे ७ बर्षमा सावाँ ब्याज सहित दोब्बर



काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा ल्याएको छ ।

बैंकले सर्वसाधरणलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटिजन्स कोसेली निक्षेप योजना संचालनमा ल्याएको हो । बैंकले ल्याएको निक्षेप योजना अन्तरगत बैंकका ब्यक्तिगत ग्राहकहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना पछि सावाँ तथा ब्याज एक मुष्ट रुपमा दोब्बर हुने गरी फिर्ता पाउनेछन ।

बैंकले ८९ शाखा ८९ एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले बिभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेविट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवालगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL