Logo

बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त

बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । देशभरका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन सिबिफिनको कार्यसमिति बैंठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।

नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंकजस्ता संस्थाहरुमा काम गरेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका जन्मेका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता रहेका थिए । उनले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भई सफतलता पुर्वका काम गरिसकेका छन् ।
अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध श्री तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् ।

सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग«याजुएट र सन् २०१४ देखि बिजीनेस स्कुल अफ नेदरल्यान्डस्मा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्थामा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरका रुपमा आवद्ध थिए ।

उनी अर्थशास्त्रीहरुको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र वैठकहरुमा सहभागिता जनाएका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले लिएको छ ।

देशभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको बीचमा आपसी सम्पर्क तथा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ्ग सेवालाई दुरदराजसम्म विकास तथा विस्तार गर्ने, विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा विद्यमान आर्थिक नीतिगत सुधारका लागि पृष्ठपोषण तथा पैरवी गर्ने, मुलुकको समग्र बैंकिङ्ग सेवामा सर्वसाधारणको पहुँच एवं विश्वसनियता बढाउने र निक्षेपकर्ता तथा लगानीकर्ताहरुको सम्बद्र्धन गरी समग्र राष्ट्रले लिएको आर्थिक समृद्धिको आकांक्षा पुरा गर्ने पसिसंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्