Logo

प्राइम कमर्सियल बैंकको विशेष वार्षिक साधारण सभा सम्पन्न, कैलाश बिकास बैंक प्राप्ती गर्ने विशेष प्रस्ताव पारित

प्राइम कमर्सियल बैंकको विशेष वार्षिक साधारण सभा सम्पन्न, कैलाश बिकास बैंक प्राप्ती गर्ने विशेष प्रस्ताव पारित



काठमाडौं । प्राइम कमर्सियल बैंकले शनिबार बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ ।

सभाले कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी प्रस्ताव पारित गरेको हो । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुनेछ ।

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL