Logo

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा, शाखा संख्या ९० पुग्यो

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा, शाखा संख्या ९० पुग्यो



काठमाडौं । गरिमा विकास बैंकले रुपन्देहीको सैनामैनामा आफ्नो नयाँ शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सैनामैनास्थित मुर्गियामा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर काकीले गरेका हुन ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले पुष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL