Logo

जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंक एक्स्टेन्सन काउण्टर

जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंक एक्स्टेन्सन काउण्टर



काठमाडौं । प्रभु बैंकले सिराहास्थित सिराहा नगरपालिकाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

उक्त एक्स्टेन्सन काउन्टरको सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले उद्घाटन गरेका हुन । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले जानकारी दिएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम र ४० ओटा एक्स्टेन्सन काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्