Logo

माछापुच्छ्रे बैंकको ‘ माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, अन्तरराष्ट्रिय स्तरको सेवा उपलब्ध हुने

माछापुच्छ्रे बैंकको ‘ माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, अन्तरराष्ट्रिय स्तरको सेवा उपलब्ध हुने



काठमाडौं । माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकहरुलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ बैंकले अन्तरराष्ट्रिय स्तरको एसआइपी पिबिएक्समा आधरित आइभीआर किङ्ग र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

गाह्रकले बैंकको बिभिन्न सामजिक संजाल मार्फत सिधै माछापुछ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ । ग्राहक महानुभावहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नुहुनेछ । जसबाट ग्राहकहरुले बैंकसंग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्