Logo

एभरेष्ट बैंक र एनआरएनएबीच सम्झौता, एनआरएनए बचत खातामा विशेष छुट

एभरेष्ट बैंक र एनआरएनएबीच सम्झौता, एनआरएनए बचत खातामा विशेष छुट



काठमाडौं । एभरेष्ट बैंक र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सम्झौता भएको छ ।

एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी तथा बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले सो सम्झौतामा एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन ।

बैंकले सम्झौता अनुसार एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।

बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL