Logo

‘एनआईबिएल सहभागिता फण्डका इकाईहरु अब गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबाट खरीद गर्न सकिने

‘एनआईबिएल सहभागिता फण्डका इकाईहरु अब गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबाट खरीद गर्न सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तरगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ का इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरे ।

गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट माघ १ गते देखि ‘एनआईबिएल सहभागिता फण्ड’ को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।

यस अघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गते देखि हुदैं आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL