Logo

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन, प्रदेशभर ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन, प्रदेशभर ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको उद्घाटन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै शुक्रबार प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र उक्त कार्यक्रम प्रदेश भरिका बैंकका सबै शाखाबाट सुरु गरिने बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताएका छन । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्