Logo

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, बृद्ध नागरिक सेवा समाजलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, बृद्ध नागरिक सेवा समाजलाई आर्थिक सहयोग



काठमाडौं । राष्ट्रिय वाािण्ज्य बैंकले वृद्ध नागरिक सेवा समाज चाबहिललाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए । सो कार्यक्रममा बरिष्ठ साहित्यकार डा तारानाथ शर्मा, डा. गौरिशंकर लाल दाश, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनिधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्