Logo

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर, ३ दिनसम्म डेबिट र क्रेडिट कार्डको शुल्क नलाग्ने

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर, ३ दिनसम्म डेबिट र क्रेडिट कार्डको शुल्क नलाग्ने



काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ बर्षको अबसरमा विशेष योजना अन्तर्गत ‘नयाँ बर्षमा डबल सौगात’ अफर सार्वजनिक गरेको छ । बैंकल आफ्ना ग्राहकहरुलाई विभिन्न छुट प्रदान गर्न विशेष योजना अन्तर्गत उक्त अफर सार्वजनिक गरेको हो ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । उक्त योजना पुष १५ देखि १७ गतेसम्मका लागि लागू गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL