Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा अर्घाखाँचीको देउरालीमा, सेवा संख्या ४५ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा अर्घाखाँचीको देउरालीमा, सेवा संख्या ४५ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँचीको देउरालीमा आफ्नो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकास्थित देउरालीमा ४५ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष शोभाखर पाण्डेले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

साथै उक्त सेवाबाट बैंकिङ कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन ।

बैंकले हाल देशभर ३ सय १३ शाखा, ४ सय ६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL