Logo

सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा’, यस्ता छन् विशेषता

सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा’, यस्ता छन् विशेषता



काठमाडौं । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि रू १५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ ।

सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरू निम्न वमोजिम छन् ।

. ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म)
. वार्षिक ६ दशमलव ०२५ सम्मको आकर्षक ब्याजदर
. प्रशासनिक शुल्क नलाग्ने
. अग्रिम भुक्तानी शुल्क नलाग्ने
. सरल भुक्तानी सुविधा
. ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL