Logo

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट



काठमाडौं । सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL