Logo

जिप्रका बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, काउण्टर संख्या ३९ पुग्यो

जिप्रका बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, काउण्टर संख्या ३९ पुग्यो



काठमाडौं । प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ नगरपालिका ३ जिल्ला प्रशासन कार्यालयमा संचालनमा ल्याएको उक्त काउण्टरको बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिप्रका बाग्लुङमा समेत आफ्नो काउण्टर संचालनमा ल्याएको हो ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिप्रकामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ सेवा प्राप्त गर्न सकिने बैंकको विस्वास रहेको छ ।

बैंकले २०२ शाखा, १५२ एटिएम, ३९ एक्स्टेन्सन काउण्टर तथा १९ शाखा रहित बैंकिङमार्पmत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्