Logo

सिटिजन्स बैंकको एटीएम सेवा उदयपुरको गाईघाटमा, एटीएम संख्या ८५ पुग्यो

सिटिजन्स बैंकको एटीएम सेवा उदयपुरको गाईघाटमा, एटीएम संख्या ८५ पुग्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको गाईघाट स्थित १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमका बीच नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटा उपस्थिथीमा उक्त एटीएम संचालनमा ल्याएको हो ।

उक्त एटीएम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र १ सय २ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL