Logo

लक्ष्मी बैंक र सेलपेबीच सहकार्य, बैंकका ग्राहकले सेलपेमार्फत भुक्तानी गर्दा लोयल्टी पोईन्ट पाउने

लक्ष्मी बैंक र सेलपेबीच सहकार्य, बैंकका ग्राहकले सेलपेमार्फत भुक्तानी गर्दा लोयल्टी पोईन्ट पाउने



काठमाडौं । लक्ष्मी बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सहकार्यको सम्झौता भएको छ । बुधबार बैंकले आफ्ना ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको हो ।

सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL