Logo

एभरेष्ट बैंकको नयाँ स्कीम सार्वजनिक, मासिक ९ हजारमा घर कर्जा

एभरेष्ट बैंकको नयाँ स्कीम सार्वजनिक, मासिक ९ हजारमा घर कर्जा



काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै ‘होम लोन स्कीम’ सार्वजनिक गरेको छ ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित ९ हजार ३ सय ६३ रुपैयाँको घर कर्जा ल्याएको हो । उक्त स्कीम अन्तरगत ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउनुका साथै २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

क्यामेलस् रेटिङमा समेत एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको बै.कले जानकारी दिएको छ । बैंकले ९५ शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL