Logo

सनराइज बैंकको शाखा ताप्लेजुङको फुङलिङमा, शाखा संख्या १२९ पुग्यो

सनराइज बैंकको शाखा ताप्लेजुङको फुङलिङमा, शाखा संख्या १२९ पुग्यो



काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

प्याकुरेलले शाखाको उद्घाटन गर्दै बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्याउनुका साथै बैंकिङ प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । त्यस्तै प्रजिअ निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अभैm प्रभावकारी बनाउन कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यता रहेकोे बताए ।

बैंकले १२९ शाखा, ४० शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर र १४९ एटिएममार्फत सेवा प्रदान गदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्