Logo

एनआईसी एशिया बैंकको आईभिआर संचालनमा, यसरी लिन सकिन्छ सेवा

एनआईसी एशिया बैंकको आईभिआर संचालनमा, यसरी लिन सकिन्छ सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले ‘इन्टरयाक्टिभ भ्वाईस रेसपोन्स’ (आईभिआर) सेवा संचालनमा ल्याएको छ । उक्त सेवा नेपालमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नयाँ अनुभव लिन सकिने बैंकको विस्वास रहेको छ ।

ग्राहकले आईभिआर सेवा प्रयोग गरि आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो कारोबारको विवरण, कार्ड ब्लक, आईभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी लिन सक्नेछन । आईभिआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा उक्त सेवा दर्ता गर्नु पर्नेछ । दर्ता प्रक्रिया एसएमएस वा फोनमार्फत हुने छ ।

आईभिआर पिन दर्ताका लागि आईभिआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पछि आईभिआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ ।

त्यस्तै आईभिआर सेवा प्रयोग गर्नका लागि भने ग्राहकले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट बैंकको आईभिआर नम्बरमा फोन गरि सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन ।

बैंकले ३१३ शाखा, ४०५ एटिएम, ९६ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL