Logo

प्राईम बैंकले कैलाश विकास बैंकलाई एक्विजिसन गर्ने, प्राईमबैंकको नामबाट कारोबार हुने

प्राईम बैंकले कैलाश विकास बैंकलाई एक्विजिसन गर्ने, प्राईमबैंकको नामबाट कारोबार हुने



काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा मर्ज हुने भएको छ । प्राईम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने गरी सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । कैलाश विकास बैंकलाई प्राप्ति पछि प्राइम बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL