Logo

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल नियुक्त, डेपुटी गभर्नरद्वारा शपथ ग्रहण

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल नियुक्त, डेपुटी गभर्नरद्वारा शपथ ग्रहण



काठमाडौं । मुक्तिनाथ विकास बैंकको तेह्रौं बार्षिक साधारण सभाले भरतराज ढकाललाई अध्यक्षको रुपमा नियुक्त गरेको छ । बैंकको स्थापनाकालदेखि १२ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई साधारणसभाले सर्वसम्मतीले संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । यस्तै साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी केसी. (कार्की) शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराएका छन ।

प्रतिक्रिया दिनुहोस्