Logo

मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालसहित नवनिर्वाचित सञ्चालकहरुले गरे शपथ ग्रहण

मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालसहित नवनिर्वाचित सञ्चालकहरुले गरे शपथ ग्रहण



काठमाडौँ । मुक्तिनाथ विकास बैंकको १३औ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी केसी (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।

समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराएका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्