Logo

प्रभुु र समृद्धि क्यापिटल मर्ज हुुने, मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने

प्रभुु र समृद्धि क्यापिटल मर्ज हुुने, मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा मर्ज हुने भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहिबारएक समारोह बीच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले समझादरीपत्रमा हस्ताक्षर गरे ।
उक्त समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक-प्रर्वद्धकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक÷प्रबद्र्घकहरुहरुको उपस्थिति रहेको थियो ।

मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सबल संस्थामार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्यसहित मर्जरका लागी अगाडि बढाईएको र यसबाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL