Logo

प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा, अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने

प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा, अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने



काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवा नगरपालिका ९ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको मलंगवा नगरपालिकाका मेयर निरसल साहले उद्घाटन गरेका हुन ।
बैंकको उक्त शाखाको उद्घाटन गर्दै मेयर शाहले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी उल्लेखनिय कार्य गरेको बताए ।

बैंकले उक्त शाखामार्फत गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्ने छ । सो क्षेत्रका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले बैंकको गुणस्तरीय सेवा प्रयोग गरी लाभ लिन सकिने बैंकको विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्