Logo

सानिमा बैंकको ‘सानिमा प्रथम घर कर्जा’, निर्माण खर्चको १ सय प्रतिशतसम्म कर्जा पाइने

सानिमा बैंकको ‘सानिमा प्रथम घर कर्जा’, निर्माण खर्चको १ सय प्रतिशतसम्म कर्जा पाइने



काठमाडौं । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

यो सुविधा अन्तरगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम सय प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।

‘सानिमा प्रथम घर कर्जा’ योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ ।

साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्तरगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले ‘सानिमा प्रथम घर कर्जा; को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । ‘सानिमा प्रथम घर कर्जा’ देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्