Logo

मुक्तिनाथ विकास बैंकका लगानीकर्तालाई १८.५३ प्रतिशत लाभांस, साधारण सभाले गर्यो पारित

मुक्तिनाथ विकास बैंकका लगानीकर्तालाई १८.५३ प्रतिशत लाभांस, साधारण सभाले गर्यो पारित



काठमाडौं । मुक्तिनाथ विकास बैंकको साधरण सभाले सेयरधनीहरुलाई १८ दशमलब ५३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

बैंकको तेह्रौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आव २०७६÷०७७ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरु सहित आव ०७५÷०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ० दशमलब ९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १७ दशमलब ६० बोनस सेयर वितरण गर्ने गरि पारित गरिएको हो ।

सोही अवसरमा बैंकको नयाँ सञ्चालक समिति समेत गठन गरिएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुखलगायत ५ जना सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, श्रीमती निर्मला कुमारी केसी (कार्की) र शालिग्राम मिश्र रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL