काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।
बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।