Logo

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको पिङ्गलास्थानमा, शाखा संख्या १ सय ९७ पुग्यो

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको पिङ्गलास्थानमा, शाखा संख्या १ सय ९७ पुग्यो



काठमाडौं । प्रभु बैंक लिमिटेडले गौशालास्थित पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशालास्थित पिङ्गलास्थानमो १९७ औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरेका हुन् ।


शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । ढकालले प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।


बैंकको पिङ्गलास्थान शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउन विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्