Logo

२ अर्बको ऋणपत्र ल्याउँदै प्रभु बैंक, बिक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङ

२ अर्बको ऋणपत्र ल्याउँदै प्रभु बैंक, बिक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङ



काठमाडौं । प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्काशन गर्न विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १ हजार दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८४ निष्काशन गर्नका लागि नविल ईन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।

निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक ३/३ महिनामा ब्याज भुक्तानी हुने गरी २ अर्ब रुपैयाँ बराबरको प्रभु बैंक डिबेञ्चर–२०८४ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।

जस मध्ये ब्यक्तिगत तर्फ १ अर्ब २० करोड रुपैयाँ र सर्वसाधरणका लागि ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । साथै बैंकले उक्त ऋणपत्रको ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङलाई नै नियुक्त गरेको छ ।

सो ऋण नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए पश्चात् सार्वजनिक निष्काशन गरिनेछ । बैंकले यस अघि निष्काशन गरेको १० बर्षको ऋणपत्रले इक्रा नेपालबाट न्युन जोखिम कर्जा रेटिङ प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्