Logo

४ बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता, सहुलियतपूर्ण कर्जा वितरण सहज हुने

४ बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता, सहुलियतपूर्ण कर्जा वितरण सहज हुने



काठमाडौं । नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले राष्ट्रिय युवा परिषदसँग समझदारी गरेका छन ।

बुधबार एक कार्यक्रमकाबीच उक्त ४ बैंक र परिषदबीच समझदारी भएको हो । अर्थमन्त्रालयबाट जारी सहुलियतपुर्ण कर्जा सम्बन्धी संशोधित कार्यविधिको कार्यन्वयन गर्न उक्त समझदारी गरिएको हो । उक्त समझदारीमार्फत संशोधित कार्यविधी कार्यन्वयनमा सहजीकरण गर्न उक्त समझदारी गरिएको हो ।

उक्त समझदारीपश्चात सहुलियतपुर्ण कर्जामा उक्त समझदारीमा व्याज अनुदानसम्बन्धी कार्यविधिमा सहयोग पुग्ने छ । यस्तै सहुलियतपुर्ण कर्जा प्रवाहमा राष्ट्रिय युवा परिषदको संयोजनमा देशव्यापी रुपमा युवालाई तालिम दिन सकिने समेत उल्लेख छ ।

पछिल्लो समय सरकारले उपलब्ध गराउने भनेको सहुलियतपुर्ण कर्जामा सर्वसाधारणको पहुँच नहुनाले सरकार नै आलोचनाको सिकार भएको छ । जसको प्रभाव सरकारी बैंकमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्