Logo

बैंकर अजय श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

बैंकर अजय श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजय श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बैंकको सिईओ हुँदा बैंक ऋण दूरुपयोग आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका श्रेष्ठलाई सर्वोच्चले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न गर्न आदेश दिएको हो ।

आइतबार न्यायाधिसहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो । यस अघि सर्वोच्च अदालतले पाटन उच्च अदालतले बैंक ऋण हिनामिनामा थुनामा राख्न गरेको आदेश दिएको थियो । तर सर्वोच्चले उक्त आदेश खारेज गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीमाथी बिओकेमा हुँदा नक्कली फाइलमा हस्ताक्षर गरी ऋण दिएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्