Logo

प्रभु बैंकको १६ प्रतिशत बोनस सेयर पारित, सेयर स्वामित्वमा संशोधन

प्रभु बैंकको १६ प्रतिशत बोनस सेयर पारित, सेयर स्वामित्वमा संशोधन



काठमाडौं । प्रभु बैंकले आफ्ना लगानीकर्ताका लागि १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । बैंकको शुक्रबार बसेको १८ औं बार्षिक साधारणसभाले आफ्ना लगानीकर्ताका लागि उक्त बोनस सेयर पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले बोनस सेयर लगायत सञ्चालक समितिको प्रतिवेदन सहित गत आवका वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु समेत पारित गरेको छ । साथै, १८औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आवको एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

बैंकको साधारणसभाले संस्थापक समूहतर्पm कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्पm कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन समेत गरेको छ । उक्त संशोधन पश्चात संस्थापक समुह तर्पm ५१ प्रतिशत र सर्वसाधारण समूह तर्पm ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने भएको छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने भएको छ ।

१६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंकका चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL