Logo

प्रभु समूहले दियो कोषमा ३ करोड, विपत्तिको बेला सहयोग गर्ने प्रविवद्धता

प्रभु समूहले दियो कोषमा ३ करोड, विपत्तिको बेला सहयोग गर्ने प्रविवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ असार, काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बरावरको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा प्रभु समूहले १ करोड रुपैयाँ, प्रभु बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १ करोड १ लाख रुपैयाँ, र अन्य सहयोगीले जम्मा गरेको १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

समूहले सामाजिक उत्तरदायित्व अन्तरगत भुकम्पबाट पीडितको उद्धधार तथा राहतमा समेत जुटेको थियो । प्रभु बैंक र समूहले देशलाई आईपर्ने प्राकृतिक विपत्तिमा व्यवसायिक दायित्वका साथसाथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत सक्रिय रहने प्रधानमन्त्रीसँग प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले देशलाई अफ्ठ्यारो परेका बेला जुटेको सहयोगको सही सदुपयोग हुने बताए । साथै, उनले सहयोग जुटाएकोमा समूह र बैंकलाई समेत धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL