Logo

एनआईसी एशिया बैंकको सेयरधनीलाई बाँकी लाभांश लिन आग्रह

एनआईसी एशिया बैंकको सेयरधनीलाई बाँकी लाभांश लिन आग्रह



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई बाँकी लाभांश लिन आग्रह गरेको छ ।

बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलबाट लिन आग्रह गरेका हुन ।

साथै लाभांश पूर्जी लिई सकेका सेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा जम्मा गरिदिन बैंकले आग्रह गरेको छ । त्यस्तै लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित सेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको जानकारी दिएको छ । डिम्याट खाता नभएका सेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले तत्कालै बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो सेयर डिम्याट गराउन समेत बैंकले आग्रह गरेको छ ।

बैंकले ३१० शाखा, ३८९ एटिएम, ९० एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL