Logo

कोशी अस्पताल र प्रभु बैंकबीच सम्झौता, अस्पताल परिसरमा बैंकको काउण्टर

कोशी अस्पताल र प्रभु बैंकबीच सम्झौता, अस्पताल परिसरमा बैंकको काउण्टर



काठमाडौं । प्रभु बैंक र कोशी अस्पतालबीच सम्झौता भएको छ । सो सम्झौतामा अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र बैंकका प्रदेश १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकले सो अस्पताल क्षेत्रमा आफ्नो काउण्टर संचालन गर्न पाउने भएको छ । बैंकले अस्पताल परिसरमा काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य सम्बन्धी समस्या लिएर अस्पतालमामा आउने सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

सम्झौता पछि बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजे देखि बेलुका ७ बजेसम्म बैंकको काउण्टर सञ्चालन गर्नु पर्नेछ । अस्पतालमा बुझाउनु पर्ने रकम सेवाग्राहीले बैंकको काउण्टरबाटै बुझाउन सकिने छ ।

समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत योगदान पुर्याउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्