Logo

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सम्झौता भएको छ ।

ट्रयाङ्गकुलिटी स्पाका वजारीकरण तथा बिक्रि प्रबन्धक बन्दना गुरुङ्ग र बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकलाई स्पाको बिभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकले १३३ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बिभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, मोबाइल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL