काठमाडौं । हिमालयन बैंकले लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बिहान बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
संचालक समितिले पारित गरेको उक्त बोनसलाई नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी दिनमा हुने साधारणसभाबाट पारित गरेर वितरण गरिने भएको छ ।